१.IEE आवश्यक नपर्ने दर्ता भएका पुराना उद्योगहरुको (पूँजी वृद्धि/क्षमता वृद्धि, उद्देश्य थप वा संशोधन, प्रतिलिपि, ठाँउसारी, नामसारी) .-
(क) रु.१० को टिकट सहितको निवेदन फाराम
(ख) उद्योग दर्ता सक्कल प्रमाण पत्र
(ग) सम्बन्धित वडा कार्यालयको पूँजीवृद्धि, क्षमतावृद्धि र उद्देश्य थपका लागि संधियारहरुको विवरण सहितको सिफारिस पत्र (नामसारीका लागि समेत)
(घ) उद्योगको संशोधन स्कीम (पूँजीवृद्धि, क्षमतावृद्धि र उद्देश्य थपका लागि)
(ङ) साझेदारी फर्म भए साझेदार बिच भएको सम्झौता पत्र
(च) अघिल्लो आ.व. को कर तिरेको करचुक्ता प्रमाणपत्र
(छ) सम्बन्धित राजश्व कार्यालयको प्रतिक्रिया (ठाँउसारी र नामसारीको लागि)
(झ) साविकवालाको सनाखत सहितको हक छोड पत्र (नामसारीको लागि)
(ञ) लिने दिने दुवै पक्ष उपस्थित हुनुपर्ने (नामसारी र प्रतिलिपिका लागि)
(ट) उद्योग रहने वडाको सर्जमीन मुचुल्का (ठाँउसारीको लागि)
२.उद्योगको खारेजीको लागि आवश्यक पर्ने कागजातहरुः-
(क) उद्योगको सक्कल प्रमाण पत्र सहित स्वयं फर्म धनि उपस्थित हुनुपर्ने छ
(ख) रु.१० को टिकट सहितको निवेदन फाराम
(ग) कर कार्यालयको सिफारिस पत्र