लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नेपाल

१. परिचयः स्वरुप र प्रकृति

मुलुकको अर्थतन्त्र उकास्न लघुघरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको छ । स्थानीय कच्चा पदार्थ स्रोत साधनपरम्परागत सीप र प्राविधिमा आधारित लघुघरेलु तथा साना उद्योगहरुको स्थापनाविकासविस्तार संरक्षण एवं संवर्द्धधनको लागि प्रशासनिक तथा प्रवर्द्धधनात्मक कार्य मार्फत सघाउ पुर्याउने उद्देश्यले घरेलु तथा साना उद्योग विभाग अन्तरगत जिल्ला स्तरीय कार्यालयको रुपमा वि.. २०३९ सालमा यस कार्यालयको स्थापना भएको हो । देशको अर्थतन्त्रको समुचित विकासको लागि औद्योगिक लागानीको वातावरणलाई बढी सुविधा जनक, सरल र उत्साह बर्द्धक बनाई उत्पादकत्वमा अभिबृद्धि गरि प्रतिस्पर्धात्मक ढङ्गबाट औद्योगिक व्यवसायहरु प्रस्टाउने वातावरण निर्माण गर्नश्रममुलक देशको परम्परागत सिपकला र संस्कृतिको विकास र स्थानीय कच्चा पदार्थको परिचालन गरी लघुघरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्ने कार्यमा यो कार्यालय निरन्तर लागि रहेको छ । यो कार्यालयको परासी बजार  स्थित क्षे.फ. 15 जग्गामा निर्मित आफनै भवन रहेको छ ।

२. घरेलु तथा साना उद्योग कार्यालयबाट हाल प्रदान गरिने सेवाहरु/ सम्पादन हुने कार्यहरु तथा उद्देश्यहरु

  • प्राइभेट तथा साझेदारी फर्मको दर्ता, नविकरण, संशोधन, कारोवार थप, प्रतिलिपी, नामासारी, ठाउँसारी, खारेजी, उद्योग तथा व्यापार नियमन, सिप विकास तालिम संचालन एवं ऐन नियममा उल्लेखित अन्य विषयहरु

कार्यहरु

  • १.घरेलु तथा साना उद्योगहरुको इजाजत(अनुमति) प्रदान गर्ने,

२. प्रारम्भिक वातावरणीय परिक्षण (IEE) सम्बन्धी कार्य गर्ने,

३. उद्योग, पर्यटन तथा सहकारीलाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि तयार गर्ने,

४. सिप विकास तथा उद्यमशीलता विकास तालिम कार्यक्रम तर्जुमा गरी जिल्ला स्थित कार्यालयहरु मार्फत संचालन गर्ने व्यवस्था मिलाउने,

५. निर्णयहरुलाई तथ्यपरक एवम् कानूनसम्मत गराउन व्यवस्थित तरिकाले तथ्य तथा सूचनामा आधारित प्रस्तावहरु तयार गर्ने,

६. उद्योग, पर्यटन तथा  सहकारी मन्त्रालयको  कार्यप्रक्रिया तथा सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्द्धन गर्ने,

७. प्रदेशको समृद्धिका लागि विकास योजना, कार्यक्रम तथा आयोजनाको तर्जुमा तथा कार्यान्वयन हुने वातावरण सृजना गर्नु र विकास नतिजा हासिल गर्न समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,

८. प्रचलित ऐन, नियम अनुसार इजाजत लिनु पर्ने वा नपर्ने उद्योगहरुको वर्गीकरण गर्ने र इजाजत सम्वन्धी कार्यहरु गर्ने, उद्योग तथा वाणिज्य दर्ताको लागि आवश्यक प्रक्रियाहरु निर्धारण गर्ने तथा घरेलु तथा साना उद्योगहरुको दर्ता, नविकरण, पूँजी तथा क्षमता वृद्धि, ठाँउसारी, नामसारी लगायतका कार्यहरु गर्ने । 

९. कार्यक्रम प्रस्तावहरु स्वीकृत नीति र प्राथमिकता अनुरुप भए नभएको विश्लेषण गरी मस्यौदा तयार गर्ने । कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांङ्कन सम्वन्धी कार्य गर्ने ।

उद्देश्यहरु

१. स्वदेशी श्रम सिप र श्रोतको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्नु ,

२.दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरु गर्नु

३. लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार ,संरक्षण गर्नु,

४. प्रदेश सरकार (मन्त्रिपरिषद्) का निर्णयहरुलाई तथ्यपरक एवम् नतिजामूलक वनाउनु,

५. प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, गराउनु,

६. प्रदेशको उद्योग, पर्यटन तथा सहकारीलाई बनाउनुका साथै प्रदेशका संरचना र जनशक्तिको व्यवस्थित परिचालन गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउनु,

७.प्रदेशको समृद्धिका निमित्त बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु,

८. प्रदेशको समृद्धिका निमित्त बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु,

९. विकास निर्माण कार्यलाई समन्वयात्मक रुपमा र अनुगमन तथा मूल्याङ्कन प्रणालीको प्रभावकारीतामार्फत नतिजामूलक वनाउनु,

१०. उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका नीति, निर्णय प्रक्रियालाई आवश्यक सूचना तथा तथ्याङ्क व्यवस्थित रुपमा उपलब्ध गराइनेछ,

११. विद्युतीय शासन प्रणालीको विकास एवम् विस्तार गर्नु,

१२. जनआकांक्षा र जनगुनासो व्यवस्थापन प्रणालीको विकास गर्नु,