लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नेपाल

१. प्राइभेट/साझेदारी फर्म संशोधन (पूँजीबृद्धी, कारोबार, ठाँउसारी, प्रतिलिपी)का लागि आवश्यक कागजातहरुः-

क) रु. १० को टिकट सहित तोकिएको ढाँचाको निवेदन

ख) फर्म दर्ताको सक्कल प्रमाण-पत्र लिई स्वयं फर्म धनी उपस्थित हुनुपर्ने छ 

ग) अघिल्लो आ.व.को करचुक्ता प्रमाण-पत्र

घ) रु. ५० लाख वा सो भन्दा बढी पूँजी भएको फर्मको हकमा लेखा परीक्षण प्रतिवेदन

ङ) प्रतिलिी लिनका लागि निवेदन र सक्कल प्रमाण-पत्र समेत लिई फर्म धनी स्वयं ३ प्रति पासपोर्ट साइज फोटो लिई उपस्थित हुनुपर्ने छ

च) आवश्यकता अनुसार कार्यालयले तोकेको अन्य कागजातहरु

 

२. प्राइभेट/साझेदारी फर्म नामसारीका लागि आवश्यक कागजातहरुः-

क) रु. १० को टिकट सहित तोकिएको ढाँचाको निवेदन

ख) फर्म दर्ताको सक्कल प्रमाण-पत्र 

ग) कर कार्यालयको सिफारिस पत्र

घ) नामसारीका लागि फर्म लिने दिने दुवै व्यक्ति उपस्थित हुनुपर्ने र लिनेको हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो तथा लिने दिनेको सक्कल नागरिकता

ङ) बिक्रीनामाको कागजात

च) साझेदारीको हकमा बैठकको निर्णय तथा कवुलियतनामा ३ प्रति

 

३.  प्राइभेट/साझेदारी फर्म खारेजीका लागि आवश्यक कागजातहरुः-

क) रु. १० को टिकट सहित तोकिएको ढाँचाको निवेदन

ख) फर्म दर्ताको सक्कल प्रमाण-पत्र 

ग) कर कार्यालयको सिफारिस पत्र