Lumbini Provincial Government

Ministry of Industry, Tourism and Transport

Directorate of Industry, Commerce and Consumer Protection

Cottage and Small Industries Office

Nawalparasi (Bardaghat Susta West), Nepal

१. प्राइभेट फर्म दर्ता  गर्दा पेश गर्नु पर्ने कागजातहरुः-

(क) लालपूर्जाको प्रतिलिपि र जग्गाको कर तिरेको रसिद साथै अर्काको घरजग्गा भए भाडा सम्झौता वा मन्जुरीनामा 

(ख) रु.१० को टिकट सहितको निर्धारित ढाँचाको दरखास्त फाराम र कवुलियतनामा 

(ग) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सक्कल नागरिकता साथ सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

(घ) हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ (तीन) प्रति

(ङ) औषधी कारोबार गर्ने फर्मको लागि औषधी व्यवस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र 

(च) मनिचेन्जर (विनियम कारोबार) व्यवसाय दर्ताको लागि नेपाल राष्ट्र बैँकको सहमति पत्र

(छ) विषादीन्य व्यवसाय दर्ताको लागि सम्बन्धित कृषि विकास कार्यालयको सिफारिस पत्र वा अनुमति पत्र

(ज) आवश्यकता अनुसार कार्यालयले तोकेको अन्य कागजातहरु

२. साझेदारी फर्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरुः-

(क) लालपूर्जाको प्रतिलिपि र जग्गाको कर तिरेको रसिद साथै अर्काको घरजग्गा भए भाडा सम्झौता वा मन्जुरीनामा 

(ख) रु.१० को टिकट सहितको निर्धारित ढाँचाको दरखास्त फाराम साथै निर्धारित ढाँचाको ३ (तीन) प्रति कवुलियतनामा 

(ग) प्रत्येक साझेदारहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ / १ प्रति र सक्कल नागरिकता साथ सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

(घ) प्रत्येक साझेदारहरुको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ / ३  प्रति

(ङ) औषधी कारोबार गर्ने फर्मको लागि औषधी व्यवस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र

(च)  मनिचेन्जर कारोबार गर्ने फर्मको लागि नेपाल राष्ट्र बैँकको सहमति पत्र

(छ) विषादीन्य व्यवसाय दर्ताको लागि सम्बन्धित कृषि विकास कार्यालयको सिफारिस पत्र वा अनुमति पत्र

(ज) आवश्यकता अनुसार कार्यालयले तोकेको अन्य कागजातहरु